फुटा ‘महात्म्य’


महान छ यो फुटा अर्थात फोटो भन्ने बस्तु, जिव होउन् वा निर्जिव जुनसुकै वस्तुलाई कागजको पानामा दुरुस्तै देखाइदिने । कस्ले त्यस्तो मसिन र आकृतिको कल्पना र निर्माण गरे हुन् । कहिले त्यस्ता मसिन बनाइए हुनन् जसले समाजका ती जुनसुकै वस्तु जस्लाई हामी राम्रो मान्छौँ, तिनको फुटा खिचिहालेर पछि सम्म हामी राख्न र हेर्न सक्छौँ । ती रील अर्थात प्लाष्टिकका लहरा कस्ले परिकल्पना गरे हुनन् जस्ले सबै फुटाहरुलाई एक पछि अर्को गरि क्रमबद्ध रुपमा प्रस्तुत गरिदिन्छन् । गजब छ त्यो मसिन जस्ले अलि अध्याँरो हुन आँटेमा झिलिक्क प्रकाश दिन मिल्ने ँबिकज पनि राखिएको हुन्छ । र कहिले त्यो फुटा खिच्ने चलन आयो होला । महान हुन ती व्यक्तित्व जसले यस्तो अच्चमको फुटा खिच्ने मसिन अर्थात क्यामेराको परिकल्पना र आविस्कार गरे । कहिले ती फुटाखिच्ने मसिन बनेहुनन् र कस्ले ती मसिनको प्रचलन ल्याए हुनन् ।
एकपटक मलाई आफ्न्तकहाँ फुटा खिचिरहेको हेर्न मौका मिलेको थियो । सुर्खेतबाट आउनुभएका आफ्न्तले क्यामेरा समातेर उभिनु भएको थियो र त्यहाँ फुटा खिच्ने क्रम चलिरहेको थियो, एक पछि अर्को गरेर । त्यसैक्रममा गाउँका एकजना आफ्न्त आएर सोध्नु भयो “क्या हो हजुर यो फुटुक पाड्ने होकि ?” क्यामेरा समातिरहेका आफन्तले हो हजुर भनेपछि उहाँले फेरी “मेरो पनि फुटुक् पायिनोस् न” भन्ने माग राखेपछि उहाँहरुले हाँस्नु भयो र “ल हुन्छ” भनेर उहाँको पनि फुटा खिचिदिनु भयो ।
अनि हजुरको फोटो हामी अर्कोपटक आउँदा ल्याइदिन्छौ है भनेर आश्वस्त पार्नुभयो । त्यो फोटो खिच्ने घटनाको याद मेरो मानसपटलमा अझ ताजै छ । महान हुनुहुन्छ ती फुटा खिचिदिने आफन्तहरु पनि ।
आजभोली त ती फुटा बनाउन पनि निकै सजिलो पो भैसकेको छ त । झन्डै सप्पै मान्छेसँग मोबाइल छन र ति लगभग् सबैजसो मोबाइलमा क्यामेरा जडित हुन्छन् । अनि त जहाँनिर जुन चिजको चाह्यो त्यसैको फुटा बनाइहाल्यो ।
आजभोली फेरी फुटा खिच्ने के्रज वा लहर पनि भिन्नै चलेको छ । हाम्रा समकालिन मित्रहरु÷समकक्षीहरु कतिपयले प्राय आजभोली आफ्नो पार्टीका उच्च नेतृत्व ‘महात्मा’ वा ठूला मान्छेसँग भेट हुने बित्तिकै उहाँहरुका नजिक उभिएर अझ सकभर लपक्क टाँसिएर क्लीक्क फुटा खिचिहाल्ने र उहाँहरुसँग साखुल्य बन्दै फुटा पोष्ट गर्ने र उहाँहरु झँै ‘महात्मा’ बन्ने क्रम् बढ्दो छ । महान् हुन् ती फुटा खिच्ने मसिनहरु (क्यामेराहरु) तथा महान् हुन् नजिकै उभिएर ‘महात्मा’ बन्ने ती हाम्रा समकालिनहरु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार